दफा ६३
अदालती शुल्क लाग्ने

(१) अदालतमा फिरादपत्र वा पुनरावेदनपत्र दिँदा वा अदालतमा कुनै प्रतिदाबी लिँदा अदालती शुल्क (कोर्ट फी) लाग्नेछ।
(२) उपदफा (१) मा लेखिए बाहेक कुनै मुद्दा पुनरावलोकन गरी वा मुद्दा दोहोर्याई पाउँ भनी दिएको निवेदनमापुनरावलोकनगर्ने वा दोहोर्याउने आदेश भएमा अदालती शुल्क तिर्नु पर्नेछ ।स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनको लागि “अदालती शुल्क” भन्नालेफिरादपत्रवा पुनरावेदन दिँदा वा मुद्दा पुनरावलोकन वा दोहोर्‍याउन दिँदा लिइने शुल्क सम्झनु पर्छ र सो शब्दलेप्रतिदाबीलिनेले प्रतिदाबी लिए बापत बुझाउने शुल्क समेतलाई जनाउँछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वादी हुने मुद्दा वा नेपाल सरकारलेनेपालराजपत्रमा सूचना प्रकाशन गरी तोकिएको निकायबाट कारबाही हुने मुद्दाको हकमा यस परिच्छेद बमोजिम अदालती शुल्कलाग्ने छैन ।